प्रहरीले पैसा खाएर गाँजा नफाडेको भन्दै अख्तियारमा उजुरी
इनेप्लिज
२०७१ पुष २ गते ११:४४ मा प्रकाशित

हेटौडा, पुस २ । मकवानपुरका विभिन्न दुर्गम जिल्लामा गाँजा र अफिम खेती हुने स्थानको पहिचान गरी मकवानपुर प्रहरीले गत मंसिर १३ गते साँझ टोली कालिकाटार, गोगने,आग्रा, डाडाखर्क, खैराङ्ग, राक्सिराङ्ग र भार्तामा टोली पठायो।
भोलिपल्ट जिल्ला र नजिकका इलाका र प्रहरी चौकीबाट थप टोली ती स्थानमा खटायो। १४ बिहान प्रहरीले गाँजा र अफिमको बोट खुर्पाले छप्काछप फाँड्यो।
गत साउनमा लगाएको गाँजा र अफिम अन्तिम बेलामा प्रहरीले फाडेपछि स्थानीय भने आक्रोशित भएका छन्। ७ गाबिसमा पहिलो चरण चरणमा १ सय ६८ विगाहमा लगाएको गाँजा फाडेको मकवानपुरका डिएसपी दीपक थापाले जानकारी दिए। उनका अनुसार त्यत्ति नै बेला सो क्षेत्रमा १२ बिगाह १० कट्ठामा लगाएको अफिम खेती पनि प्रहरीले फाडेको थियो।
मकवानपुर प्रहरीलाई त्यसबेला गाँजा र अफिम फाँड्भान सशस्त्र प्रहरी र केन्द्रीय लागूऔषध ब्युरोको टोलीले सघाएको थियो। प्रहरी दोस्रो चरणमा मंसिर २६ गतेदेखि फेरि गाँजा र अफिम फाड्ने अभियान लिएर गाँउ गाँउ पुगेको छ। मंगलबार सरिखेत र राक्सिराङ्गमा ४२ र २८ विगाह गाँजा फाडेको प्रहरीले नामटारमा ५५ विगाह गाजाखेती नष्ट गरेको छ।
नामटारका अझै स्थानमा गाँजा खेती भेटिएकाले प्रहरीको टोली थप ५ दिनससम्म त्यहा बसेर काम गरिरहेको छ। काँकडाका विभिन्न स्थानमा लगाएको गाँजा पनि केही दिनभित्रै नष्ट गर्ने प्रहरीको तयारी छ। यस्तो ठूलो अभियान मकवानपुरमा अहिलेसम्म चलेको थिएन। डिएसपी थापाले भने ‘अवैध रुपमा लगाएको गाँजा र खेती फाड्ने काम यो सबैभन्दा ठूलो हो।’
गाँजाको प्रतिकेजी मूल्य अहिले नेपालमा एक हजार छ भने भारतीय बजारमा तेब्बर।
राजधानी मन्दिरमा नेपाली नयाँ बर्ष २०७८ को कार्यक्रम हुने
न्यूयोर्कमा सिटी काउन्सिल जिल्ला २५ का उम्मेदवार यी(एन्डी)चेनको समर्थनमा कार्यक्रम हुने
अमेरिकामा कोरोना संक्रमित र मृत्यु हुनेको संख्यामा वृद्धि हुदै ,चार जनामा एक जना वयस्कलाई पूर्ण खोप
गैरआवासीय नेपाली संघको पौष मसान्त सम्मको हिसाब किताबको बिबरण सार्वजनिक
बाइडनले सामूहिक गोलीबारी पछि दबाब बढ्दै जाँदा सीमित बन्दूक प्रतिबन्धको घोषणा
प्रतिक्रिया