दुख्छ छाती ?
यस्तो दुख्छ कि दुख्छ छाती मुटुमा यो देश छोडी गए
पाइला टक्क अडिन्छ बीच पथमा भ्रातृत्व मोडी गए
आफ्नो भन्नु सबै रहेछ नि कठै प्यारोअति नै त्यहा
देशै देश बसेछ अंग भरिमा सुबास छर्ने यहा
ढिडो गुन्द्रुक नै छ पोषक त्यहा चाहिन्न मांसादिक
ब्रह्मा बिष्णु महेश रक्षक त्यहा राख्छन सधै निर्भिक
माटो बिझ्छ चसक्क फेरी मुटुमा गाँठो परि क्षोभले
पाइला तान्छ उता अझै तर पनि जित्दैन यो लोभले
को राजि हुन सक्छ लौ सहजमा माटो भिजेको रगत
छोडी जान चटक्क देश घरबार,गाँसको निहुँमा फगत
देखिन्छन सुकुमार पुस्ट रसिला फर्किरहेका युबा
सुन्नु एक बयान मात्र तिनका भर्दिन्छ आँसु कुवा
होईनन ति पनि बिदेशिन रहर गरि पुगेका त्यहा
ताजा घाउ दुखेर खप्न न सकी छाडी गएछन यहा
फ्याकौं फोहर त्यो सबैमिलि कुना काप्चा र दोधारको
गासौं माल्य सुबासिलो मिलिजुली त्यै देशमा प्यारको
आयातीत छदै छ शुद्ध अनुभब हुर्काई गोडौ तरु
फल्ने नै छ अबस्य सुन्दर मिठो बाँडेर खाउँ बरु !!!
फल्ने नै छ अबस्य सुन्दर मिठो बाँडेर खाउँ बरु !!!
प्रतिक्रिया