मंगलबार, मंसिर १६ २०७७
काठमाडौं ११:५१
वासिङटन डिसी 01:06

नेजस अमेरिकामा द्वन्द्व र विवाद सिर्जना गर्न खोज्नेसँग सचेत रहन सुवेदीको आह्वान

इनेप्लिज २०७१ पुष ११ गते २३:४० मा प्रकाशित

उहाँले एक प्रेस वक्तव्य जारी गर्दै हालै टेक्सासमा सम्पन्न भएको नेजस अमेरिकाको केन्द्रीय अधिवेशनले विधान संशोधनको सन्दर्भमा गठित विधान संशोधन समितिले प्रस्ताव गरेको विधानलाई सौहार्दपूर्ण वातावरणमा कर्तलध्वनीका साथ सर्वसम्मतिबाट पारित भएको र सोही विधान अनुसार कार्यसमितिमा केही पदाधिकारी थप गर्ने निर्णय लगायत नयाँ व्यवस्था भएको उल्लेख गर्नुभएको छ ।
तर अधिवेशन सम्पन्न भएको केही समयपछि केही साथीहरुले अहिले आएर विधान संशोधनको बारेमा दुराशयपूर्वक भ्रमपूर्ण प्रचार गरेर अधिवेशनले निर्माण गरेको एकताको वातावरण दुषित पार्ने प्रयत्न गरेकोमा सुवेदीले दुःख व्यक्त गर्नुभएको छ ।
नेपाली जनसम्पर्क समिति अमेरिकाको लामो असहज परिस्थितिपछि सबै साथीहरुको सहयोग तथा नेपाली काँग्रेसका केन्द्रीय नेताहरुको सदभावका कारण निर्विवाद रुपमा अगाडि बढन लागेको अवस्थामा भ्रमपूर्ण प्रचार गरि नयाँ द्वन्द्व र विवाद सिर्जना गर्न खोज्नेसँग सचेत र सजग रहन पनि सुवेदीले आग्रह गर्नुभएको छ ।
उहाँले नेपाली जनसम्पर्क समिति अमेरिकालाई विधि र विधानसम्मत एकतावद्ध ढङ्गले अगाडि बढाउन पनि सबैमा हार्दिक अनुरोध गर्नुभएको छ । उहाँले केन्द्रीय अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सहयोग
गर्नुहुने सम्पूर्ण महानुभावहरुमा पुनः धन्यवाद ज्ञापन समेत गर्नुभएको छ ।

– See more at: http://enepalese.com//view-news/10943.html#sthash.lAcEXkYZ.dpuf

प्रतिक्रिया