एनआरएनका कम्पनीहरु छानविनको घेरामा
काठमाडौं, १० पुस । आन्तरिक राजस्व विभागले एक गैरआवासीय नेपाली (एनआरएन)ले सञ्चालन गरेका विभिन्न आठवटा कम्पनीले कर छली गरेको आशङ्कामा अनुसन्धान थालेको छ ।
अर्थमन्त्रालयमा स्थापना भएको गुनासो सुनुवाइ कक्ष ‘बिगुल’मा परेको उजुरीका आधारमा अर्थमन्त्रालयले विभागलाई छानबिन गर्न निर्देशन दिएलगत्तै छानबिन सुरु गरिएको विभागले जनाएको छ । अनुसन्धानमा रहेका ती व्यक्तिलाई नेपाल बोलाएर सञ्चालन गरेका फर्मका बारेमा जानकारी लिन लागिएको हो । यससम्बन्धी अनुसन्धान सुरु गरिएको आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले जानकारी दिनुभयो ।
करको दायरामा नआएका तर कर योग्य आयआर्जन गरेका व्यक्ति तथा संस्थाहरूलाई करको दायरामा ल्याउने अभियानमा कसैले पनि उन्मुक्ति नपाउने भन्दै विभाग सक्रिय भएको हो । बिगुलमा परेका उजुरीमा आम सञ्चारका माध्यमलाई करको छुट दिन नहुने भन्दै अन्य कम्पनीसरह कर लगाउन माग गरिएको छ ।
त्यसैगरी सरकारले उपलब्ध गराउने भनेको कृषि ऋणमा दिने भनिएको अनुदान वास्तविक किसानसम्म नपुगेको भन्दै त्यसलाई कार्यान्वन गर्नसमेत माग गरिएको छ ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
प्रतिक्रिया