बाबुराम भट्टराईका सल्लाहकार मलेसियामा ‘सेक्युरिटी’ गार्ड !
नुवाकोट, २९ मंसिर । एकीकृत माओवादी नेता बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला उनका सल्लाहकार रहेका एक माओवादी नेता मजदुरीका लागि मलेसिया पुगेका छन्
नुवाकोट फिकुरीका अर्जुनप्रसाद न्यौपाने विगत एक वर्षदेखि मलेसियामा सेक्युरिटी गार्डका रुपमा कार्यरत छन् ।
उनले भट्टराई प्रधानमन्त्री भएका बेला करिब ९ महिना विज्ञ सल्लाहकारका रुपमा स्वकीय सचिवालयमा बालुवाटार बसेर काम गरेका थिए ।
२०५८ सालमा भूमिगत राजनीति थालेका न्यौपाने त्यसअघि गाउँकै माध्यामिक विद्यालयमा शिक्षक थिए ।
त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा स्नातकोत्तर न्यौपानेले गाँउकै ज्ञानज्योति उच्च मावि फिकुरीमा करिब ५ वर्ष माध्यामिक तहको शिक्षक भएर काम गरेका थिए ।
न्यौपाने जिल्लाकै इमान्दार र मिलनसार नेताका रुपमा चिनिन्थे ।
राजनीतिमा लागेका कारण आर्थिक अवस्था कमजोर भएपछि उनी बाध्य भएर विदेशिएका हुन् ।
विद्यार्थी हुँदै शिक्षक संगठनबाट राजनीति थालेका न्यौपाने पछि माओवादी सेनाको कम्पनी कमिसारसम्म भएका थिए ।
उनका भाई पूर्वलडाकु कमाण्डर जयराम न्यौपाने पनि केही वर्षदेखि मलेसियामै मजदुरी गर्दै आएका छन् ।
बाइडेनको सपथ ग्रहणमा अमेरिकी प्रख्यात गायिकाहरु लेडी गागा र जेनिफर लोपेजको प्रस्तुति हुने
भर्जिनिया फेयरफ्याक्स काउन्टीमा ६५ बर्ष भन्दा माथी तथा अन्यलाई जनवरी १८ देखि खोप दिइने
‘सदन आक्रमणमा संलग्न’ भर्जिनियाका दुई प्रहरी पक्राउ
न्युयोर्क ब्रंक्समा यात्रीयान दुर्घटना हुँदा गाडी झुण्डियो ,९ जना घाइते
अमेरिकामा बाइडेनको उद्घाटन सम्म कोरोनाबाट कूल ४ लाखको मृत्यु हुने ,एकैदिनमा ३७०० सयको मृत्यु
प्रतिक्रिया