शुक्रबार, कार्तिक १४ २०७७
काठमाडौं २२:४९
वासिङटन डिसी 13:04

ओबामा दम्पत्तिको प्रेमकथामाथि फिल्म बन्दै

इनेप्लिज २०७१ पुष ७ गते ११:४८ मा प्रकाशित

अमेरिकी राष्ट्रपति बाराक ओबामा र उनकी श्रीमति मिशेल ओबामाको प्रेमकथामाथि चलचित्र बन्ने भएको छ ।

‘साउथ साइड वीथ यु’ नाम राखिएको उक्त चलचित्रमा उनीहरुको प्रेम कथा, रोमान्स, बिबाह जस्ता प्रसङ्ग समावेश हुनेछन् ।

ओबामा राष्ट्रपति भएपछिका प्रसंगलाई समेत चलचित्रमा विशेष शैलीमा प्रस्तुत गर्ने निर्माण संस्था होमग्राउन प्रोडक्सन हाउसले जनाएको छ ।

फिल्ममा मिशेल ओबामाको भुमिकामा नायिका टिका सुमन्टर अनुबन्ध भएकी छिन् । ओबामाको भुमिकाका लागि नायकको खोजी भइरहेको छ ।

प्रतिक्रिया