तिमिले ठिकै गर्यौ प्रिया
यो संसार खत्तम छ भन्ने कुरा
तिमी बाट सिक्ने मौका पाएँ
तिमिले सिकायौ
समयले सिकायो
म पछुतोमा छैन
मेरो कसैसँग कुनै गुनासो छैन
जब, तिमिले पैसा लाई सर्बोस्स सम्झियौ
इज्जत बिर्सियौ
सम्बन्ध बिर्सियौ
फगत पैसाका लागि अस्तित्व बेच्यौ
भन्दिन तिमिलाइ गलत गर्यौ
किनभने यहाँ कुख्यात सोभराजहरु गिता पढेर
आफुलाइ निर्दोष साबित गर्न तल्लिन छ्न ।
मैले संसार नियाल्न सक्ने भए पछि
मैले संसार बुझ्न सक्ने भए पछि
निरीह भएर बलात्कृत हुन मानिनन भनेर
रिहान्नाहरुलाई फाँसी दिइएको छ
आफ्नै छोरीलाई पैसाको आडमा श्रीमती बनाइएको छ
न्यायको खोजिमा संसार चाहार्दा चाहार्दै
पीडितहरु सधै प्रयोगशाला बनिरहेछन ।
बोतलमा राखिएको लार्भा जस्तै
तिखा काँडा मेटिएर पखेटा नहाल्दै
हुर्किएर बन्दा नबन्दै पुतली
मार्छ निमोठेर समयले
यहाँ पुजाहरु को लागि न्याय छैन ,
न्यायको बागडोर सम्हाल्नेहरु
लमतन्न हुन्छन पैसाका सामु
अनि फेरि पुजा र पुजाहरु
बाँचेर पनि मरिरहन्छन पल पल
मानौ, भोकको बेला
मुखमा हालिएको तातो पिँडालु जस्तो
निल्नु न ओकल्नुको
मर्नु न जिउनुको
जिन्दगी घिसारिरहन्छन अन्यायको भारी बोकेर
तिमिले ठिकै गर्यौ प्रिया
यो सन्सार बिचित्र छ
मान्छेमा मानबता छैन
मान्छेमा नैतिकता छैन
यो सोझो हुनेको जमाना होइन
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अमेरिका सहित विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा
एनआरएन एनसीसी अमेरिकाको ११ औं साधारणसभाको तयारी पुरा ,केही समय पछि उद्घाटन सुरु
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
प्रतिक्रिया