बिहीबार, मंसिर १८ २०७७
काठमाडौं ०६:३२
वासिङटन डिसी 19:47
न्युयोर्कमा ६ जनालाई गोली हान्दा एक जनाको मृत्यु

बिश्व कै सम्राट राज्य तथा न्युयोर्क शहरमा ६ जनालाई गोली लागेका मध्ये एक जनाको मृत्यु भएको छ । आइतबार न्युयोर्क प्रहरी बिभागले उक्त जानकारी गराएका छन ।

प्रहरीका अनुसार घाइते मध्ये २३ बर्षिय युवाको निधन क्विन्समा भएको छ । न्युयोर्क पोस्टका अनुसार आज आइतबार अगस्त ९ का दिन बिहानै भएको गोलीकाण्ड सहित यो हप्तामा ३८ जनालाई गोली हानिएको छ भने कम्तिमा ५० जना घाइते भएका छन ।

गत बर्ष यही समयमा १६ वटा गोली काण्ड भएको थियो । आइतबार बिहान करिव ३:३० मिनेटमा लङ्ग आईल्याण्ड शहरको क्विन्सब्रिज हाउसको किनारामा मृतकको छातीमा गोली हानिएको थियो ।

उक्त व्यक्तिलाई विइल कोर्नेल अस्पताल लागिएको थियो भने उनको त्यही निधन भएको छ । त्यसै गरी क्विन्समै २२ बर्षिय मानिसलाई काँधमा र २४ बर्षिय मानिसलाई दुवै काँध र नितम्बमा बिहान १:१० मा कोरोना एभेन्यु गल्ली र ९० औ एम्हर्ट्स गल्लीमा गोली हानिएको थियो ।

दुवैजनालाई अस्पतालमा भर्ना गरिएको छ भने उनीहरुको हालत स्थिर रहेको प्रहरीले बताएका छन । यसै शिलशिलामा प्रहरीले २३ बर्षिय एक व्यक्तिलाई पक्राउ गरेको छ ।

यसैगरी ब्रोंग्सको मोरिस हाइट भन्ने स्थानमा पनि बिहान ४ बजे १ बर्षिय र ४८ बर्षिय मानिसहरुलाई पनि देब्रे र दाहिने खुट्टामा गोली हानिएको छ । दुवैजनालाई सेन्ट बर्नाबास अस्पतालमा लागिएको छ भने अनुसन्धान गर्न खोज्दा अस्विकार गरेको प्रहरीले जनाएका छन ।

यसै गरि पश्चिम १३७ गल्लीमा २९ बर्षिय मानिसलाई पनि नितम्बमा ४:३० बजे बिहान गोली हानिएको छ । उक्त व्यक्तिले पनि अनुसन्धानमा सहयोग गर्न मानेका छैनन् भनि प्रहरीले उल्लेख गरेका छन् ।

श्रोत :न्यु योर्क पोस्ट