बुधबार, असार ९ २०७८
काठमाडौं ०४:०३
वासिङटन डिसी 18:18

अमेरिका नेपाल सहयोगी समाज (ANHS) को नयाँ कार्यसमितिको पहिलो वैठक समाजका नवनिर्वाचित अध्यक्ष कमल भट्टराईको अध्यक्षतामा बस्यो।भर्जिनियाको मनासस शहरमा बसेको पहिलो बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ।

नयाँ कार्यसमितिका सदस्य, सल्लाहकार एवं अन्य आमन्त्रित अतिथिको उपस्थितिमा सम्पन्न वैठकले संस्थाका सल्लाहकार मुक्त पौडेलका ससुरा बुवा एवं सावित्रि घिमिरेका पिता युवराज घिमिरेको निधनप्रति दुःख व्यक्त गर्दै मृत आत्माको चीर शान्तिको कामना सहित श्रद्दाञ्जली अर्पण गर्नुका साथै परिवारजनमा समवेदना प्रकट गरेको छ।त्यसैगरि अन्य सदस्यहरुका आफन्तज तथा मातृभूमि नेपालमा पछिल्लो समयमा कोरोना महामरीको कारण दिवंगत हुनुभएकाहरुप्रति पनि शोक प्रस्ताव पारित गरेको छ।

वैठकले समाजलाई विभिन्न सल्लाह एवं मार्गनिर्देशन गर्नको लागि संरक्षकको रुपमा मधु पन्थीलाई पुनः मनोनयन गर्नुको साथै सागर कँडेल, पदमराज रेग्मी, कमला खरेल,केदार प्रसाद तिम्सिना,तिलक खरेल,नारायण रायमाझी,डा.अनुप पहाडी, राजिव मैनाली, मुक्त पौडेल, रोम ज्ञवाली, मन्दिरा मैनाली, सुमन तिम्सिना,शिव लामिछाने,शिव तिम्सिना,मञ्जु थापा,हरिराम भण्डारी,आरती सिग्देल,मोहन निरौला र विजय ओझालाई सल्लाहकारको रुपमा चयन गरेको छ । त्यस्तै वैठकले समाजसँग रहेका विभिन्न सामग्रीको व्यवस्थापनको लागि सल्लाहकार विजय ओझालाई व्यवस्थापकको जिम्मेवारी पनि प्रदान गरेको छ।सोही वैठकमा समाजका निवर्तमान अध्यक्ष एवं सललाहकार केदार तिम्सिनाले संस्थाको आर्थिक हिसावकिताव÷बैंक विवरण कोषाध्यक्ष रामभक्त अधिकारी एवं अध्यक्ष कमल भट्टराईलाई हस्तान्तरण गर्नुभएको थियो।

संस्थाले बार्षिक रुपमा आयोजन गर्दै आएको वनभोज कार्यक्रम विश्वव्यापी कोभिड १९ महामारीको कारण यस बर्षको लागि स्थगित गर्नुका साथै संस्थाको पहिचानको रुपमा स्थापित बार्षिक रुपमा आयोजना हुने वृहद् तीज कार्यक्रमलाई भने यस बर्ष पनि आयोजना गर्ने निर्णय गरेको छ।

संस्थाले आफ्नै पाठ्यपुस्तक प्रकाशन गरि नियमित पठनपाठन गराउदै आएको अमेरिका नेपाल शिक्षा सदनलाई अझ व्यवस्थित एवं प्रभावकारीरुपमा अगाडि बढाउनको लागि यसै संस्थाका कार्यसमिति सदस्य भूपाल पौडेललाई शिक्षा सदनको कोअर्डिनेटरको रुपमा प्रस्ताव पनि गरेको छ।संस्थाले प्रकाशन गरेको पाठ्यपुस्तक अमेरिकाका विभिन्न राज्य एवं अन्य मुलुकहरुमा समेत वितरण तथा प्रवद्र्दन एवं व्यवस्थापनको लागि वरिष्ठ उपाध्यक्ष रमेश ढकालको संयोजकत्वमा निवर्तमान अध्यक्ष केदार प्रसाद तिम्सिना, शिव लामिछाने र रोम ज्ञवालीलाई जिम्मेवारी प्रदान गरेको छ।त्यसैगरि संस्थाका विभिन्न गतिविधिलाई विश्वव्यापीरुपमा प्रचारप्रसार एवं सवैको पहुँचमा पु¥याउनको लागि संस्थाको वेभसाइट सुधार एवं व्यवस्थापन गर्न मञ्जु थापा, शिव तिम्सिना र भूपाल पौडेललाई जिम्मेवारी प्रदान समेत गरेको छ।

भर्चुअल माध्यमबाट सञ्चालन भैरहेको शिक्षा सदनमा अध्ययन गर्नको लागि भर्जिनिया लगायत विभिन्न अन्य राज्यबाट पनि विद्यार्थीहरुको उपस्थिति रहेकोले अझ प्रभावकारी एवं धेरै भन्दा धेरै विद्यार्थीहरुलाई सहभागि गराउन सहजताको लागि आवश्यक कम्पुटर खरिद गर्ने पनि सो बैठकले निर्णय गरेको छ।

विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ ले आक्रान्त बनेको मातृभूमि नेपालको स्वास्थ्य समस्यालाई सम्बोधन गर्नको लागि सम्बन्धित पक्षसँग समन्वय गरेर सकेसम्म भ्याक्सिन प्राप्ती एवं व्यवस्थापन गरेर नेपाल पठाउनको लागि पनि पहल गर्ने निर्णय गरेको छ।

बैठकमा नव निर्वाचित अध्यक्ष कमल भट्टराई,वरिष्ठ उपाध्यक्ष रमेश ढकाल, उपाध्यक्ष कामना पन्थी,महासचिव चन्द्र विष्ट, सचिव तनुजा पोखरेल अधिकारी, कोषाध्यक्ष रामभक्त अधिकारी,सदस्यहरुः लक्ष्मी रेग्मी,उत्तम अधिकारी,भूपाल पौडेल,प्रेम नुवाकोटी,विष्णु न्यौपाने,कमल अधिकारी तथा संरक्षक मधु पन्थी,सल्लाहकारहरुःपदमराज रेग्मी,केदार प्रसाद तिम्सिना,सल्लाहकार एवं आर्थिक विभाग प्रमुख तिलक खरेल,आरती सिग्देल,मञ्जु थापा,शिव तिम्सिना,विजय ओझा, त्यसैगरि आजिवन सदस्य मञ्जु भट्टराई,दिनेश अधिकारी तथा लक्ष्मण पौडेलको समेत विशेष उपस्थिति रहेको थियो।