ब्रेकिङ् न्युज:
शारदालाई उत्तम शान्ति पुरस्कार |
|
काठमाडौँ, २२ असार । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले साहित्यकार शारदा शर्मालाई विसं २०६८ सालको उत्तम शान्ति पुरस्कार प्रदान गरेको छ । गुठीले आयोजना गरेको एक समारोहमा गुठीका अध्यक्ष डा पार्थीवेश्वर तिमिल्सिनाले शर्मालाई ‘भूईफूलको देश’ नामक कृतिका लागि सो पुरस्कारस्वरूप नगद रु २५ हजारसहित ताम्रपत्रले प्रदान गर्नुभएको हो । साहित्यकार डा वासुदेव त्रिपाठीले पुरस्कृत र सम्मानित व्यक्तिले नेपाली साहित्यको श्रीवृद्धिमा लामो समयदेखि क्रियाशील रही महत्वपूर्ण योगदान गरेको चर्चा गर्नुभयो । अँग्रेजी र नेपाली साहित्यमा सक्रिय रहेका स्व.उत्तम कुँवरले विसं २०२३ मा स्रष्टा र साहित्य नामक कृतिमा मदन पुरस्कार प्राप्त गरेको बताईएको छ । |


